देश/प्रदेश

 सप्तरीको बलान बिहुलमा सिके राउतको पार्टी विजयी

By खबरहब

May 19, 2022

सप्तरी – सप्तरीको बलान विहुल गाउँपालिका सिके राउत नेतृत्वको जनमत पार्टी विजयी भएको छ । अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका हुन्।

यादव २ हजार ९ सय ९४ मतसहित अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे।

रेणु २ हजार ६ सय ९० मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशादेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन् ।