देश/प्रदेश

हेटौंडाको ६ वडामा कांग्रेस, ५ मा एमाले विजयी

By खबरहब

May 19, 2022

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ ।

हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । १ नम्बरमा सविन न्यौपाने, २ नम्बरमा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।

त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । ५ नम्बर वडामा सुशील घिमिरे, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् ।