देश/प्रदेश

जुम्लाको गुठीचौर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा समाजवादी विजयी

By खबरहब

May 19, 2022

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी हुँदा उनका प्रत्यासी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरे ।

उपप्रमुखमा एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् । भण्डारीले १५०३ मत प्राप्त गरिन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् ।

गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए ।