सांकेतिक तस्बिर

समाचार

काठमाडौंको थलीमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

By खबरहब

May 19, 2022

काठमाडौं- काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ४ ख ५००५ नम्बरको पानी ट्याङ्करले आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।