राजनीति

एमालेले जित्यो १६४ पालिका प्रमुख

By खबरहब

May 19, 2022

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो सङ्ख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । 

मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ । 

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । 

गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।