तस्वीर पट्रिसिया मेलो मोरेरा/एएफपी

अन्य

टम क्रुजको फिल्मलाई कान्समा प्रशंसा 

By खबरहब

May 19, 2022

काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल मंगलबारदेखि फ्रान्समा सुरु भएको छ ।

तस्वीर- लोइस भेनान्स/एएफपी

फ्रेन्च रिभेरियामा ७५ औँ कान्समा विश्वका प्रसिद्ध कलाकारहरू पुगेका छन् । जहाँ आकर्षणको केन्द्र बने टम क्रुज । उनी आफ्नो रिलिजको तयारीमा रहेको फिल्म ‘टप गन : माभेरिक’ लिएर पुगेका छन् । उनी आफ्नो टिम सहित रेड कार्पेटमा समेत हिँडे । 

तस्वीर- पास्कल ले सेग्रेसियन/गेटी इमेज

फिल्म प्रिमियरमा सहभागी अडियन्सले ५ मिनेट उभिएर फिल्मको सम्मान गरेका छन् ।

तस्वीर- डोमिनिक सारिउ/वायरइमेज

प्रिमियर फिल्मले पाएको प्रतिक्रियाले टम उत्साहित छन् । पाम दे ओरबाट टमलाई सम्मान समेत गरिएको छ । आउँदो साता प्रदर्शनमा आउने फिल्मले विश्व प्रसिद्ध फेस्टिभलमा पाएको प्रतिक्रियाले यसको व्यापार बढाउन मद्दत गर्नेछ ।

तस्वीर- एम पारे/एफडीसी

सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को सिक्वेल फिल्म ‘टप गनः माभेरिक’ फिल्ममा टम एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।

तस्वीर- डोमिनिक सारिउ/वायरइमेज
तस्वीर- आन्द्रेस रेन्ज/गेटी इमेज
तस्वीर- एम पारे/एफडीसी