देश/प्रदेश

कैलालीको कैलारीमा कांग्रेस विजयी

By खबरहब

May 19, 2022

कैलाली– कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् ।

चौधरीले १० हजार ४९२ मत प्राप्त  गरेका छन भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले छ  हजार ४३० मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारूले छ हजार ४७७ मत प्राप्त गरेका छन् । 

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ ।