राजनीति

पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?

By खबरहब

May 19, 2022

कास्की- स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको २३ हजार १६४ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छिन् ।

राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् ।