राजनीति

भरतपुरमा रेनुलाई ३ हजार २७९ मतको अग्रता

By खबरहब

May 19, 2022

भरतपुर- भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् ।। दाहालले १६ हजार ६८९ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत पाएका छन् ।

मतगणनाको सुरुवातमा दाहाल र सुवेदीबिच कडा टक्कर देखिएको मत परिणाम पछिल्लो समय भने दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

 उम्मेदवारी दिएर निकै चर्चा कमाएका बागी उम्मेदवार जगन्नाथ पौडेलको भने ६ हजार ९१५ मत पुगेको छ ।