खेलकुद

यू-२० साफ च्याम्पियनसिपको तालिका सार्वजनिक

By खबरहब

May 19, 2022

काठमाडौँ– यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोगिताको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।

यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । 

यस्तै फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।