मनोरञ्जन

‘पञ्चायत’ को दोस्रो सिजन ओटीटीमा

By खबरहब

May 19, 2022

काठमाडौँ– जितेन्द्र कुमार अभिनीत सिरिज ‘पञ्चायत’ ले राम्रो चर्चा पायो । २०२० को चर्चित सामाजिक हास्यव्यंग्य विधाको यो सिरिज अमेजोन प्राइममार्फत प्रदर्शनमा आएको थियो ।

गाउँको ‘पञ्चायत’ मा जागिर खान पुगेका एक शिक्षित युवाको कथा मार्फत यसमा सामाजिक व्यंग गरिएको छ । इन्जिनियरिङ गरेको अभिषेक सरकारी भएर फुलेराको पञ्चायत कार्यालयमा गएपछिको स्थिति मार्फत सिरिजमा सामाजिक व्यंग देखाएको छ।

सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई प्रस्तुत गरिएको छ । यसको सिक्वेल ‘पञ्चायत २’ मे २० बाट अमेजोन प्राइममा स्ट्रिमिङ हुने भनिएता पनि दुई दिन अगावै मे १८ बाट नै स्ट्रिमिङ भएको छ । मे २० मा ठुला फिल्महरु ओटीटीमा आउने भएपछि सिरिजलाई केही अगाडि नै ल्याइएको हो ।

दीपक कुमार मिश्रको निर्देशनमा रहेको यो सिरिज सामाजिक कथावस्तुमा आधारित रहेर व्यंग्यात्मक शैलीमा कथा भनिएको छ । सिरिजको दोस्रो सिजनमा पनि अभिषेक, मञ्जुदेवी र प्रधानपतिबीचको ‘केमिस्ट्री’ प्रस्तुत गरिएको निर्देशक मिश्रले बताएका छन्।