तस्बिर- बीबीसी

मनोरञ्जन

सिद्धुको ट्विट ‘अदालतको निर्णयलाई सम्मान गर्छु’

By खबरहब

May 19, 2022

काठमाडौँ– नवजोत सिंह सिद्धुले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएपछि उनले ट्विट गर्दै प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय राजनीतिक असफलता भोगिरहेका सिद्धुलाई अदालतको निर्णयले ठूलो धक्का लागेको छ । 

उक्त दुर्घटनामा एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गर्दै आजै पक्राउ गर्ने जनाएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन । 

उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ ।