समाचार

पलको मुद्दाको सुनुवाइ अर्को साता हुने

By खबरहब

May 19, 2022

काठमाडौँ– अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ अर्को सातालाई सारेको छ ।

सुनुवाइ अर्को सातालाई सार्न पल पक्षकै वकिलले आग्रह गरेपछि सुनुवाइ स्थगित गरेको उच्च अदालत पोखराले जनाएको छ । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो ।

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा बिहीबार सुनुवाइ गर्ने कार्यतालिका थियो । अब पेशी अर्को शुक्रबार हुनेछ । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

 उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।