अपराध

सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एक जना पक्राउ

By खबरहब

May 19, 2022

सप्तरी- सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको टोलीले निज मण्डलको साथबाट उक्त पेस्तोल तथा सोको एउटा म्याग्जिन र ६ वटा गोली बरामद गरेको हो ।

निज मण्डललाई बरामद पेस्तोल, म्याग्जिन र गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ ।