ब्रेकिङ स्टोरी

काठमाडौँमा बालेनको मत २४ हजार ६१८ पुग्यो

By खबरहब

May 19, 2022

काठमाडौँ : स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २४ हजार ६१८ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रता दोब्बरले कायम गर्दा लगातार मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले काठमाडौँमा झण्डै २५ हजार मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार २४६ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३०७ मत ल्याएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । मतगणना जारी छ ।