फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री मोदी जापान जाने

By खबरहब

May 19, 2022

टोकियो– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन् ।

यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने “क्वाद लिडरर्स समिट” मा सहभागी हुन उनी जापान जान लागेका हुन् ।

सम्मेलनमा जापान र अष्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन् ।

मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा विहीबार जानकारी दिइएको हो ।

यो सम्मेलन अहिले चौथोपटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रिय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।