ब्रेकिङ स्टोरी

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

By खबरहब

May 19, 2022

काठामडौं– भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई बढाएकी छिन् । हालसम्मको मतपरिणामअनुसार उनले १८४८० मत ल्याएकी छिन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १५१६२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवबर जगन्नाथ पौडेलले ७३५४ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २१०५९ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १२०१२ मत ल्याएकी छिन् । मतगणना जारी छ ।