राजनीति

केपी ओलीको गृहनगरमा राप्रपाले लियो अग्रता

By खबरहब

May 19, 2022

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका मेयर उमेदवार राम थापाले १५ हजार १९२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी गीता अधिकारीले १४ हजार ५४८ मत ल्याएर पछ्याइरहेकी छिन् ।