काठमाडौँ : नेपालमा हक्की खेल र रन्जन थापा पर्याय हुन् । जो वर्षौदेखि चिनिएका छन्, सँगसँगै हक्की खेल पनि चिनाएका छन् । उनको हक्की खेलप्रतिको आकर्षण र व्यवसायिकता फरक छ ।
नेपालमा कमैले सुनेको र सायदैले खेलेको देखेको खेल खेल्न उनलाई सानो सकस परेको थिएन । तर, पनि उनले नेपालको प्रतिनिधित्व हक्की खेलबाट गरेका छन् । जुन उनका लागि मात्रै गौरवको विषय होइन, नेपाल र नेपालीकै लागि पनि हक्कीमा पनि सगौरव प्रेरणाको स्रोत हो ।
यस्तो रन्जनले गरेको संघर्ष र प्राप्त गरेको सफलता ठूलो हिस्सा हो । तत्काललाई यो व्यक्तिगत भए पनि नेपालमा हक्की खेलको व्यवसायीकरण र यसले भावी पुस्तालाई दिन सक्ने सम्भावना ठूलो छ ।
हक्की रन्जनको हक्की खेल संघर्ष त्यतिबेला विराटनगरको हवाई फिल्डमा क्रिकेट, फुटबल, हक्की, एथलेटिक्स आदि लगायतका विभिन्न खेल खेल्ने चलन थियो । रन्जनको सर्कल पनि खेलकुदमय नै थियो । रन्जन भने विद्यालयस्तरदेखि नै भलिबल र फुटबलमा सक्रिय थिए । करिब १३–१४ वर्षको उमेरमा रन्जनले हक्की खेल्न सुरु गरे ।
आफ्नो फुटबल क्लबमा खेल्दै गर्दा सँगै हक्कीको पनि तालिम हुने गथ्र्यो । विस्तारै हक्कीमा आफ्नो जग बलियो बन्दै गएपछि रन्जनको हक्कीतर्फको आर्कषण पनि बढ्दै गयो ।
त्यो आकर्षणले हक्कीमा लागेका रन्जनलाई अहिले नेपालको राष्ट्रिय हक्की प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्मचारी संघको अध्यक्ष र प्रबल जनसेवाश्री चर्तुर्थी श्रेणीद्वारा विभुषित पहिलो हक्की खेलाडी तथा प्रशिक्षकको रुपमा चिनिन्छ । बाँकी उनको संघर्षको कथा उनकै भोगाइबाट:
टोलीमा पर्न त्यतिबेलाको संघर्ष २०४३ सालको बेला राष्ट्रिय हक्की खेलाडीलाई ५ ओटा खेल खेल्न थाइल्याण्ड पठाइएको थियो। त्यसबेला मैले पनि सहभागी हुनु भनेर खबर पाएँ । घरबाट झोला बोकेर निस्के । टिकट पनि काटे । तर, गाडी नचढीकन फर्के । झोला बोकेर काठमाडौँको गाडितर्फ त गएँ । खबर ढिलो पाएको थिएँ । बाटोमा हिँड्दै गर्दा महशुश भयो ढिलो थाहा पाएकोले टोलीमा पर्दिन होला । काठमाडौँसम्म जानुआउनु गाह्रो मात्र हुन्छ होला भनेर फेरि घर नै फर्किएँ ।
घर फर्किए पनि हक्कीलाई भने निरन्तरता नै दिएको थिएँ । हक्की मेरो प्रिय मित्र बनिसकेको थियो । साथी नभए पनि घरमा एक्लै खेल्दैँ बस्थे । हक्कीसँग रमाई नै रहन्थे । हक्कीसँग कहिले पनि टाढा भइन् ।
खेलसँगको सम्बन्ध जति गाढा हुन्छ, खेलाडीको प्रस्तुति पनि त्यति नै राम्रो हुने गर्छ । यो सबै खेलमा लागु हुन्छ । प्रतियोगिता अगाडिको तालिमले मात्र राम्रो नतिजा ल्याउन सक्दिैन । मैले त्यो बुझेको थिएँ ।
आफू फेरि एकहोरो स्वभावको परियो । त्यसकारण पनि हरेक खेल खेल्दा एकचित्त भएर लागि नै रहन्थे । पहिले भलिबल खेल्दा पनि कलेजस्तरीय, अंचलस्तरीय खेल्ने अवसर पाएको थिएँ। भारतमा गएर विभिन्न क्लबमा पनि खेलेँ । उचाई कम भएका कारण भने नेपालको राष्ट्रिय प्रतियोगितामा पर्न सकिन ।
सोहि एकोहोरा स्वभावका कारण हक्की खेल्दा पनि दतचित भएर नै लागेको थिएँ । त्यसैले पनि होला, अन्य साथीहरुको तुलनामा राम्रो नै खेल्ने गर्थे । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि नखेले पनि राष्ट्रिय स्तरको हक्की प्रतियोगितामा राम्रो गर्छु भन्ने मेरो सोचाई थियो।
तालिमबाट हक्की सिक्दाको उपलब्धि सिक्नको लागि अहिलेको समयमा जस्तो इन्टरनेट थिएन । कहिलेकहिले दुरदर्शनमा हक्कीको लाइभ प्रतियोगिता आउने गथ्र्यो । त्यसलाई नै हेरेर सिक्न प्रयास गर्थे । त्यस्तै गर्न प्रयास गर्थे ।
खेलकुदसम्बन्धी विभिन्न भारतीय किताबहरु पढ्थे । एक दिनमा कि बिहान कि बेलुकी एक देखि दुई घण्टा हक्कीलाई समय दिएको नै हुन्थे । सिकाउने प्रशिक्षकको पनि अभाव थियो ।
हामीले हक्की सुरु गरेको धेरै वर्षपश्चात राष्ट्रिय खेलकुद परिषदमा हक्की सिकाउने प्रशिक्षक अशोक पाण्डेको नियुक्ति भयो । त्योभन्दा अगाडि सिनियर हक्की खेलाडीसँग नै परामर्श लिदैँ सिक्ने गथ्यौँ । आफुभन्दा अग्रजले कसरी खेल्छन् भन्ने हेर्दैँ हामी सिक्ने गथ्यौँ ।
मद्रास र साफ गेम्सको अनुभव थाइल्याण्डतर्फको बाटो नहिडेको करिब ९ वर्षपछि नेपालको प्रतिनिधित्व गरेर सातौँ साफ गेम्स खेल्ने अवसर प्राप्त भयो । सन् १९९५ मा भारतको मद्रासमा भएको त्यो प्रतियोगिता नेपालको लागि मैले थाहा पाएसम्म आधिकारिक रुपले पहिलो अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता थियो ।
अवस्था सहज भने थिएन । नेपालमा हक्कीको स्तर घटेको नै थियो । हक्की पनि खेल्ने एकदम्मै कम भइसकेको थियो । राष्ट्रिय टोलीमा अनुभवी खेलाडी पनि धेरै थिएनन् । एक दुई पटक राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका नयाँ खेलाडीहरु धेरै थिए ।
यता, भारत र पाकिस्तानको टोलीमा भने सिनियर खेलाडीहरु थिए । साथै पाकिस्तान भनेको भर्खर विश्वकप जितेर आएको टोली थियो । हाम्रो टोलीको लागि ती खेलाडीहरुसँग खेल्ने भनेको त अकल्पनिय कुरा नै थियो ।
हक्कीका म्यारेडोना भनेर चिनिने पाकिस्तानका शाहबाज अहमदसँग खेल्ने भनेको त सपना नै थियो । यता, भारतको पारगट सिंहको हक्कीमा उत्तिकै ख्याति थियो ।
साफ गेम्सको पहिलो खेल पाकिस्तानसँग थियो । अझै पनि याद छ, मलगायत मेरा सबै साथीहरु मैदानमा पाकिस्तानविरुद्धको खेलमा मैदान प्रवेश गर्दा एकटक्कले खेलाडीहरुलाई हेरेर बसेका थियौँ । किनभने यी खेलाडीहरुलाई त दुर्दशनमा देख्थ्यौँ । मैदानमा प्रतिद्धन्दीका रुपमा भेट हुने सोचेका पनि थिएनौँ ।
उहाँहरुको लय र शैलीलाई आफुमा ढाल्ने मेरो प्रयत्न हुन्थ्यो । यसकारण पनि म आश्चर्यचकित भएँ । सपना हो कि बिपना हो भनेर छुट्याउन सकिँरहेको थिइन् ।
त्यसमाथि पाकिस्तान विश्वकप विजयी टोली भएकाले गोल पनि धेरै खायौँ । स्वभाविक नै थियो । किनभने खेल्ने शैली, क्षमता र स्तरमा आकाश जमिनको फरक थियो ।
तर, हामीले एसियन हक्की फेडेरेसनका अधिकारीहरुको मन जित्न भने सफल भयौँ । हाम्रो गति र खेल्ने शैली देखेर सबै दंग परे । हक्कीको प्रतियोगिता र लिग नहुने हाम्रो देशको खेलाडीले दिएको बराबर टक्करको निकै प्रशंसा भयो । हाम्रो हक्की विकासको लागि आवश्यक सहयोगको लागि पनि त्यस सहभागीताले ढोका खोल्यो ।
साफमा सहभागितापछि हक्की साफमा सहभागिता भएपश्चात नेपालमा हक्की खेल सुस्तायो । करिब करिब ४–५ वर्ष हक्कीको कुनै पनि प्रतियोगिता नै भएन । लामो समय बन्द जस्तो नै भयो ।
एकैचोटि ५ औँ राष्ट्रिय खेलकुदको बेला हक्कीले फेरी निरन्तरता पायो । अहिले त्यो समयलाई आकलन गर्दा हक्कीलाई बुझाउने र बुझ्ने मान्छेको नै कमी भएको जस्तो लाग्छ । यदि हक्कीलाई बुझ्ने मानिसहरु भएको भए हक्कीमा हाम्रो पुस्ताका खेलाडीले फड्को मार्थे भन्ने महशुश हुन्छ ।
प्रशिक्षणको यात्रा हक्की प्रशिक्षणमा संलग्न हुन्छु भन्ने कल्पना गरेको नै थिएन । साफ गेम्सका लागि भारत जानु अगाडि हामी तालिममा व्यस्त थियौँ । केशव स्थापित सदस्य सचिव थिए । सोहि समयमा विभिन्न खेलकुदको प्रशिक्षकलगायत अन्य पदमा दरबन्दी खुलेको थियो ।
मलाई भर्ने कुनै इच्छा थिएन । हक्कीको लागि हामी सिनियर पनि भइसकेका थियौँ । अन्य सिनियर खेलाडीले भर्छन् । तर आफू नभर्ने सोचमा नै थिएँ ।
तर, हाम्रो प्रमुख प्रशिक्षक अशोक पाण्डेले मलाई सम्झाउनु भयो । र, आफ्नो क्षमताको बारेमा पनि जानकारी गराउनुभयो । साथै प्रशिक्षक पाण्डेले करारमा मलाई नियुक्त गराउन भयो ।
सोहि राति हामी साफ गेम्समा सहभागी हुन भारततर्फ पनि गयौँ । अहिले मेरो लागि हक्की भाग्यमा जुरेको र नेपाली हक्कीको लागि पनि म जुरेको रहेछु भन्ने महशुश हुन्छ । विश्वमा आफुलाई र हक्कीलाई पनि चिनाउने लेखेको रहेछ ।
हक्कीका सुरुवाती दिनहरु अहिलेको जस्तो व्यवासायिक हक्की प्रतियोगिताको चलन थिएन । बिराटनगरमा सबै साथीभाई जम्मा भएर हक्की खेल्ने चलन थियो । त्यसबेला काठमाडौँमा पनि खेलिन्थ्यो ।
पछि अञ्चल प्रतियोगिता पनि हुन थाल्यो । यसले हक्कीको अवस्थामा अझैँ सुधार ल्यायो । नेपाली हक्कीको स्तर पनि राम्रो थियो । धेरै मेहनत पनि हुन्थ्यो ।
हामी धरानमा ब्रिटिश क्याम्पमा गएर ब्रिटिश हक्की टोलीसँग पनि हक्की खेल्थ्यौँ । साथै नेपालगञ्जका टोलीहरु पनि भारत गएर खेल्ने गर्थे ।
भारतको विभिन्न हक्की टोली पनि नेपाल आएर प्रतिस्पर्धा गर्ने गर्थे । टोयोटा कपजस्तो प्रतियोगिता आयोजना हुने गथ्र्यो । हक्कीको लागि राम्रो वातावरण थियो ।
वर्तमानमा हक्कीको अवस्था हक्कीलाई बचाइ राख्न नै गाह्रो छ । हक्कीको लागि वातारण नै निराशाजनक छ । कहिले कहिले त हक्कीको कुनै भविष्य नभएको जस्तो लाग्छ ।
सरकारको कुनै लगानी छैन । हक्की खेलेर अवसर थोरै छन् । करिब करिब अवसर नै छैन । हक्की खेलाडीलाई आर्थिक रुपले पनि सहयोग गर्न सक्ने अवस्था छैन ।
एउटा जम्मा आर्मीमा टीम छ । केहि खेलाडीहरु आर्मीले राखेको छ । अरु शसस्त्र र पुलिसमा छन् । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुलिसको टोली तयार ग¥यौँ । तर, त्यस टोलीलाई निरन्तरता भने दिन सकिरहेका छैनौँ ।
निरन्तरता दिन सकेको भए, खेलाडीहरुको भविष्य पनि राम्रो हुथ्यो । हक्कीको पनि विकास हुन्थ्यो । रोजगारी पनि सृजना हुन्थ्यो । अब खेलाडी आउँछन् । खेल्छन् । कुनै अवसर देख्दैन्न् । अनि जान्छन् ।
बल्ल केहि अन्तर्राष्ट्रिय खेलहरु खेल्ने अवसरहरु पाएका छन् । नभए त के पनि थिएन । नेपाली हक्की टोलीले सन् १९९५ मा साफ गेम्स खेलेपश्चात सन् २०१० मा सहभागीता जनाएको थियो ।
नेपालमा हक्की खेलाडीले अन्तर्राष्ट्रिय तालिमको अवसर पाएको भनेको विगतको २–४ वर्षको दौरानमा मात्र हो ।
नेपाली महिला हक्की टोलीले मलेसिया र पुरुष टोली थाईल्याण्ड पुग्यो, महिला र पुरुष दुवै टोली पाकिस्तानमा गएर पनि खेल्ने अवसर पाएँ । खेलाडीले अन्तर्राष्ट्रिय खेल र तालिम पाए।
यस्तै, पद्धति अपनाएर अन्तर्राष्ट्रिय तालिममा हाम्रो खेलाडीहरुलाई लैजान सक्यो भने हाम्रो हक्की टोलीलाई सशक्त रुपमा अघि बढाउन सकिन्छ । यसअघि हेर्ने हो भने के पनि नै थिएन।
भारतवासी नेपालीको नेपाली हक्कीमा योगदान नेपालमा हक्की लगायत अन्य खेलकुदको विकासको लागि भारतमा रहेका नेपालीहरुको पनि योगदान रहेको छ । भारतमा बस्ने अधिकांश नेपालीहरुको छोराछोरीले हक्की खेल्छन् किनभने हक्की खेल्दा उच्च माध्यामिक विद्यालयमा छत्रवृत्ति पाउने र स्पोट्स कोटामा जागिर पनि पाउने सम्भावना बढि हुन्छ ।
सोहि अनुरुप पनि हामीले हाम्रो टोलीमा अहिले राम्रो खेलाडीहरु पाएका छौँ । पाकिस्तानमा अन्तर्राष्ट्रिय हक्की महासंघको आयोजनामा भएको हक्की प्रतियोगितामा पहिलो पटक भाग लिने अवसर प्राप्त भयो ।
त्यस प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल भएसँगै हाम्रो विश्व वरियतामा पनि पर्न सुधार आयो । अहिले नेपाली हक्कीको विश्व वरियता ८८ रहेको छ । तर, यस्तो खेलाडीलाई पनि कुनै सुविधा दिएर बचाउने वातावरण नै छैन् ।
न स्रोत छ, न साधन छ, न हक्कीलाई बचाउन सरकारको पर्याप्त लगानी नै छ । सरकारले हक्कीमा वर्षिक रुपमा लगानी गर्ने भनेको १०–२० लाख रुपैँया मात्र हो । यति रकममा हक्कीले विकास गर्न नै सक्दैँन । खेलाडीलाई बचाउन नै गाह्रो छ ।
राष्ट्रिय महिला हक्की राष्ट्रिय महिला हक्कीमा राम्रो लगानी गर्ने हो भने दक्षिण एसियामा हामी दोस्रो स्थान सम्म पुग्न सक्छौँ । बंगलादेशमा महिला हक्की टोली निर्माण भएको भर्खर २ वर्ष भएको छ । तर राम्रो लगानी भएका कारण बंगलादेशको टोलीको स्तर कम समयमा नै धेरै माथि पुगिसकेको छ । बंगलादेशले यी हक्की खेलाडीलाई विशेष ध्यान दिएर हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराउँदै आएको छ ।
जबकी हाम्रो महिला हक्की टोलीमा क्षमता हुँदा हुँदै पनि लगानी नभएका कारण विकास हुनु संघर्ष गर्नु परिरहेको अवस्था छ । लगानी गर्ने देशले प्रगति गर्छ नगर्नेको स्तर खस्किन्दै जान्छ । यो भनेको स्वभाविक तथ्य नै हो ।
तर, हाम्रो देशमा हामीलाई परिणाम चाहिन्छ । त्यो पनि स्वर्ण पदक । लगानी भएको छैन तर अपेक्षा भने पदकको हुन्छ । त्यो सम्भव नै छैन ।
नेपालमा हक्की बुझ्ने मान्छेको अभाव नेपालको खेलकुद परिवेशमा मान्छेले हक्की नबुझेको नै हो । हामीलाई हक्कीलाई विकास गर्न राम्रो वातावरण पनि छ किनभने हाम्रो छिमेकी देश भारत विश्व वरियतामा तेस्रो स्थानमा छ ।
हामीले हक्कीमा लगानी गर्ने हो भने हक्कीको विकासको लागि भारतीय हक्की संघले नेपाली खेलाडीहरुलाई तालिम, क्याम्प र प्रतियोगितामा पनि सुलभ मूल्यमा सहयोग गर्ने वातावरण छ ।
साथै क्षमतावना नेपाली हक्की खेलाडीको लागि त गुणस्तरीय तालिम पनि निःशुल्क हुन सक्छ । यो सोचाईले अगाडि बढ्ने हो भने अबको ५ वर्षमा एसियाको परिपेक्षमा हामीले महिला हक्की टोलीलाई ९–१० वरियतासम्म लग्न सक्छौँ ।
तर, हक्कीलाई बुझाउन नै कठिन छ । प्रतियोगिताको प्रायोजनको लागि पनि प्रायोजकलाई बुझाउन निकै संघर्ष गर्नुपर्छ ।
हक्कीको पूर्वाधार नै छैन नेपालमा हक्की खेल्ने पूर्वाधार नै छैन । हक्कीको अन्तर्राष्ट्रिय खेलहरु एस्तोटर्फ भन्ने सीनथेटिक मैदानमा खेलाइन्छ । नेपालमा त छँदै छैन । हामीले त फुटबलको घाँसे मैदानमा नै खेल्ने गरेका छौँ ।
नेपाली हक्की टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न विदेशमा तालिम गर्नु पर्ने अवस्था छ। सन् २०१८ मा एसियन हक्की महासंघले नेपाललाई पाकिस्तानमा १ महिना तालिम गर्ने अवसर दिएको थियो ।
त्यसबेला हामीले महिला र पुरुषको २२–२२ जनाको टोली बनाएर तालिमको लागि लगेका थियौँ। एक महिनाको तालिमले दुवै महिला र पुरुष टोलीको खेल्ने स्तरमा धेरै सुधार आएको थियो । सोहि तालिमको भरमा नेपाली हक्की टोली अझै पनि अगाडि बढिरहेको छ ।
यदि हामीले नेपालमा एउटा मात्र एस्तोटर्फ निर्माण गर्नु सक्यौं भने यसले हक्कीको विकासको गतिमा सहज हुनेछ । एस्तोटर्फको निर्माणपश्चात बंगलादेश र श्रीलंकामा जस्तैं अन्तर्राष्ट्रिय प्रतियोगिता तथा एसियन क्लब छनोट आयोजनाको सम्भावना बढ्छ । यसले नेपाली हक्की खेलाडीलाई सक्रिय बनाई राख्न निकै मद्दत गर्नेछ ।
हक्कीको लागि करिब फुटबल मैदान बराबरको नै मैदानको आवश्यकता भएकोले निर्माणको लागि उपयुक्त स्थान र जग्गाको लागि संघर्ष भईरहेको छ । जग्गा नभेटोको पनि होइन तर अनुकुल स्थानमा भने भेटिसकेको छै्रन ।
यस वर्ष हामीले नेपालमा एउटा एस्टोतर्फको निर्माण गर्ने आयोजनाको नजिक नजिक पुगेका छौँ । विभिन्न देशहरुसँगको परामर्शपश्चात नेपालमा सक्दो यहि वर्ष एस्तोटर्फको निर्माणका लागि हामीले पहल सुरु गर्ने लक्ष्य रहेको छ ।
हक्की विकासका चुनौती नेपालमा हक्की विकास गर्नको लागि पूर्वधार र प्रतियोगिताको अभाव नै मुख्य चुनौती हो । विगतमा त केवल राष्ट्रिय प्रतियोगिता मात्र हुने गथ्र्यो ।
अहिले बल्ल हामीले पुरुष र महिलाको हक्की प्रतियोगिता प्रायोजक राखेर गरिरहेका छौँ । नभए पहिला कुनै यस्तो प्रतियोगिता नै थिएन ।
राष्ट्रिय हक्की पुरुष प्रतियोगिता विराटनगरमा स्वर्गीय गिरिजा प्रसाद कोइला राष्ट्रिय हक्की पुरुष प्रतियोगिताको ३ संस्करण सफलतापूर्वक संचालन भएको छ । भाग्यवस ३ प्रतियोगिताको नै संयोजकत्व गर्र्ने मैले अवसर प्राप्त गरे ।
यस प्रतियोगितालाई व्यवसायिक रुपले नै विकास गर्दै लैजाने सोच रहेको छ । यस प्रतियोगिताले सहभागी खेलाडीहरुलाई पनि आर्थिक रुपलेसहयोग गरोस भन्ने हाम्रो सोचाइ रहेको छ ।
विगतको दुई प्रतियोगितामा उपाधी विजेता टोलीलाई ५० हजार रुपैँया पुरस्कारराशीको व्यवस्था गरेका थियौँ । यस वर्ष त्यसलाई बढाएर ७५ हजार रुपैँया पुर्यायौं।
उपविजेतालाई २५ हजारले सम्मानित गथ्र्यौँ । अहिले यसलाई बढाएर ४१ हजार रुपैँया पु¥यायौँ । तेस्रो स्थान प्राप्त गर्ने टोलीलाई १५ हजार रुपैँया पुरस्कारराशी दिन्थ्यौँ । यसलाई बढाएर यस पटक २५ हजार रुपैँया पुर्यायौं।
सार्थै प्लेयर अफ द म्याच’ भनरे एक हजार रुपैँया दिने गथ्र्यौँ । त्यसलाई बढाएर २ हजार रुपैँया पुर्यायौँ । प्रतियोगिताको अन्त्यमा खेलाडीलाई हौसला प्रदान गर्नको निम्ति विधागत रुपमा ५ जना खेलाडीलाई बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, राईजिङ प्लेयर आदि शीर्षकमा पनि ५–५ हजार रुपैँयाले पुरस्कृत गर्दैँछौँ ।
यस प्रतियोगितालाई थप व्यवसायिक रुपले अगाडि बढाउने प्रयास जारी नै छ । यस प्रतियोगितालाई संचालन गर्न सरकारबाट ७ लाख रुपैंयाको आर्थिक सहयोग पनि छ । यसले थोरै सहयोग भने गरेको छ । बाँकी खर्चको लागि भने हामीले प्रायोजक, नगरपालिका, सहयोगी मित्रहरु र अन्य स्रोत खोज्ने गर्दछौँ ।
हक्की प्रतियोगिता आयोजना गर्दाको चुनौती पहिलो चुनौती त प्रायोजक नै हुने गर्दछ । कुनै कम्पनीमा प्रायोजनको लागि जाँदा दर्शक कति हुन्छन् भन्ने प्रश्नको सामना गर्नु पर्छ । नेपालमा उदाउदैँ गरेको हक्कीलाई देशको प्रसिद्ध खेल फुटबलसँग दाजेर त्यो स्तरको दर्शकको अपेक्षा गरिन्छ । यस्तो बेला उहाँहरुलाई सम्झाउन निकै संघर्ष पनि गर्नु पर्छ ।
यस पटक नेपाल टेलिकमले सहयोग गर्यो । विगतमा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजन पाउन सफल भयौँ । तर, प्रायोजनको सम्बन्धलाई लामो समयसम्म ठिकाइ राख्नु भने अर्को चुनौती छ । तथापि, व्यवसायिक हक्कीलाई प्रोत्साहन गर्न प्रतियोगितालाई लिगको रुपमा संचालन गर्ने योजना रहेको छ ।
नेपालमा खेलकुद विकासको बाधक
नेपाली खेलकुदको विकासको बाधक भनेको नै यहाँको निति नै हो । खेलकुदलाई चलायमान गर्ने परिपाटी नै गलत ढंगबाट अघि बढि रहेको छ । पन्चायत कालमा खेलकुद विकास गर्न जस्तो रणनिति अपनाइएको थियो, अहिले पनि त्यसलाई नै निरन्तरता दिएर चलिरहेको छ ।
अर्को खेलकुदमा राजनैतिक नियुक्ति, खेलकुद विकास समितिको गठन, केन्द्रिय, प्रादेशिक खेलकुद गठन आदि जस्ता व्यवस्थाले नेपाललाई विश्वमा अपवादको रुपमा उभ्याएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको गठन गर्ने जसलाई संचालन गर्न राजनितिक नियुक्ती गर्ने यस्तो व्यवस्था संसारमा कतै पनि छैन ।
सरकारले खेलकुद विकासको लागि चाल्नु पर्ने कदम नेपालमा खेलकुदको विकासको लािग सरकारले खेलाडीको उत्पादनमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । नेपालमा राखेपले खेलाडी उत्पादन गर्ने भन्दा प्रतियोगिता आयोजनामा मात्र बढि ध्यान दिएकोे देखिन्छ ।
प्रतियोगिता आवश्यकता हो । यसले खेलाडीलाई क्षमता प्रस्तुत गर्न अवश्य मद्दत पु¥याँउछ । तर, खेलाडी उत्पादन नै भएन भने त प्रतियोगितामा सहभागीता र गुणस्तरमा पनि त असर पर्छ ।
उत्पादन नहुँदा खेलाडीको संख्या नै सिमित हुन्छ । सिमित खेलाडीबाट नै राष्ट्रिय प्रतियोगितामा सहभागीता मात्र हुने हो भने नतिजा त पक्कै पनि औसत नै आउँछ ।
खेलाडीको उत्पादनको संख्या र गुणस्तर बढ्यो भने त पो प्रतिस्पर्धा बढ्छ । जसले खेलाडीको स्तर वृद्धिमा पनि निकै सहयोग गर्छ किनभने राम्रो खेलाडीको जमातबाट उत्कृष्ट खेलाडी छान्न पाउने सम्भावना बढ्छ । यसले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रस्तुतिमा परिवर्तन ल्याउने वातावरणको सिर्जना हुन्छ ।
तर, नेपालमा न स्पोटर््स एकेडेमी छ, न ट्रेनिङ सेन्टर नै छ । प्रशिक्षक छ, खेल समाग्री छैन । समाग्री छ खेलाडी छ, तालिम गराउने ठाँउ छैन । कताकता खेलाडी आफैले गरे गर, नगरे नगर जस्तो प्रवृत्ति पनि हावी भएको महशुश हुन्छ । अनि यसरी नेपालको विकास कसरी हुन्छ ?
नेपाल सरकारले स्पोटर््स एकेडेमी बनाउन पर्छ । खेलाडीहरुलाई बस्ने, खाने र पढ्नेको व्यवस्था गर्नुपर्छ । अनि मात्र नेपालमा खेल र खेलाडीको विकास हुन्छ ।
छिमेकी देश भारतलाई नै हेर्ने हो भने केन्द्रिय सरकारले खेलकुदको विकासको लागि स्पोर्ट्स अथोरिटि अफ इन्डिया भनेर संचालन गरेको छ । यसले देशभरि तालिम संचालन गरेर खेलाडी उत्पादन गर्दछ ।
यसले उत्पादन मात्र गर्छ । उत्पादन भएपछि त विक्रि हुने हो । नेपालमा उत्पादन नै छैन अनि कसरी विक्रि हुन्छ त । अनि खेलकुदको विकासको अपेक्षा गरेर मात्र कसरी हुन्छ ?
नेपालमा खेलकुदको संरचनमा परिवर्तन ल्याउन आवश्यक देखिन्छ । नेपालमा संविधान जारी हुँदा हामीले खेलकुदको ऐनमा परिवर्तन ल्याउनको लागि विभिन्न मुद्दा उठायौँ ।
तर, सुनुवाई भएन । किनकि राजनैतिक नियुक्ति गर्ने प्रवृत्ति हटाउन भने कोहि पनि तयार भएनन् । यस्तो संरचनामा परिवर्तन नल्याउने हो भने खेलकुदको अवस्था यथावत नै रहन्छ।
साथै राज्यले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्न जरुरी छ । राष्ट्रिय टोलीका खेलाडीहरुलाई मात्र तालिम दिएर खेलकुद अगाडि बढ्छ त, बढ्दै न नि । राष्ट्रिय टोलीमा गुणस्तरीय खेलाडी पुगे पो तालिमको परिणाम पनि उत्कृष्ट आउँछ त ।
हरेक देशले राष्ट्रिय प्रतियोगितालाई प्राथमिकता दिने गर्दछ । तर, हाम्रो देशमा राष्ट्रिय प्रतियोगिता प्राथमिकतामा नै पर्दैन । हामीले दक्षिण एसियाली र एसियाली प्रतियोगितालाई प्राथमिकता दिने गर्छौँ । यो गलत हो । सबभन्दा पहिले राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिनु पर्छ ।
राष्ट्रिय प्रतियोगितामा जति प्रतिस्पर्धा हुन्छ, जति रेकर्ड टुट्छ, जति उत्कृष्ट खेलाडी जन्मिन्छ, त्यति नै देशले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्छ । राष्ट्रिय प्रतियोगितामा नै राम्रो खेलाडी आउन सक्ने वातावरण नभए प्रतियोगितामा खेलाडीको प्रदर्शन कस्तो हुन्छ हामी आफै सोच्न सक्छौँ ।
तालिम पनि पर्याप्त नपुगेका खेलाडीलाई १–२ महिना तालिम गराएर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको मात्र अपेक्षा गरेर खेलकुदको विकास गरेर हुँदैन । खेलाडीको गुणस्तरको वृद्धिको लागि र उत्पादनको लागि पनि निर्धक्क लगानी गर्नुपर्दछ ।
खेलाडीलाई आवश्यक तालिम विदेशमा खेलाडीले तालिमलाई निकै नै निरन्तरता दिन्छ । संसारमा सबैभन्दा बढि तालिम गर्ने नै खेलाडी हो । आर्मी र पुलिसको भन्दा पनि बढि तालिम खेलाडीले गर्नुपर्छ ।
खेलकुद विज्ञान अनुसार १ वर्ष निरन्तर तालिम गरेको खेलाडी १५ दिनको बिदामा नै शून्यमा झरिसकेको हुन्छ । फेरी शून्यबाट सुरु गर्नुपर्छ । तर, नेपालमा यस्तो तथ्यको कदर नगरेको देखिन्छ ।
नेपाल खेलाडीहरु मैदानमा कम घरमा धेरै बस्नु पर्ने बिडम्बना छ । निरन्तर तालिम संचालन गर्न पनि समस्या छ । यसले खेलाडीको प्रस्तुतिमा कति असर गर्छ हामी आफै पनि अन्दाजा गर्न सक्छौँ।
साथै खेलाडीलाई तालिम गराउने ठाँउ पनि छैन । तालिम गराउन ठाँउ खोज्दै हिँड्नु पर्ने परिस्थिति छ । तालिमको अवधिमा राख्ने ठाँउको अभाव छ । होटलहरुमा राख्नु पर्ने स्थिति छ। बन्द प्रशिक्षण आयोजना गर्नु प¥यो भने खेलाडी बस्ने ठाँउको समस्या देख्ने गरिन्छ ।
अर्को भनेको हरेक खेलाडीलाई जीवनयापन गर्न आवश्यक रोजगारीको पनि सृजना गर्नु पर्दछ। पदक ल्याउने खेलाडीलाई मात्र सम्मान र सहयोग गर्दा औसत प्रदर्शन गर्ने खेलाडीमा विकास हुने निराशालाई पनि ध्यान दिनुपर्छ ।
पदकविहिन खेलाडीहरुले प्रतिस्पर्धाको लागि गरेको वर्र्षाैको मेहन्तको पनि सम्मान गर्नु पर्दछ। खेलाडीले पदक नल्याए पनि उसले देशको लागि गरेको लगानीको सम्मान नहुँदा, यस्ता खेलाडीहरु विदेश पलायन भएको देख्न सकिन्छ ।
देशले तालिम गराएर मात्र पनि खेलाडीलाई अपुुग हुन्छ । खेलाडीलाई तालिम गराउँदा पनि निर्धक रुपले तालिम गराउन वातावरणको सृजना गर्न आवश्यक छ ।
खेलाडीको आर्थिक अवस्था, विभिन्न समस्याको लागि पनि राज्य समाधानका रुपमा अगाडि सर्नु पर्छ । पदक पाउँदा मात्र नगद सम्मान नभई दिगोकालीन रुपमा आम्दानी सृजना गर्न सक्ने अवसर प्रदान गर्नु पर्छ ।
प्रायोजन गर्ने वातावरणको सिर्जना नेपालमा खेलकुदको विकासको लागि निजी क्षेत्र र सरकारबीच समन्वयन हुनु आवश्यक देखिन्छ । निजी क्षेत्रले प्रायोजन गरेबापत राज्यले कस्तो सुविधा दिन सकिन्छ, त्यसको पनि अध्ययन गर्नुपर्छ ।
उदाहरणको लागि प्रायोजन गरेका कम्पनीलाई केहि प्रतिशत कर छुट गर्ने व्यवस्था पो मिलाउन सकिन्छ कि । निजी क्षेत्रलाई आकर्षित गर्न यस्तो उपाय पनि सरकारले अपनाउने पर्ने देखिन्छ । खेलकुदको प्रतियोगिताहरु निजी क्षेत्रको सहयोग बिना आयोजना गर्न चुनौतीपूर्ण हुने गर्दछ ।
अभिभावकले बुझ्नु पर्ने कुरा सबै अभिभावकले आफ्नो छोराछोरीलाई खेलकुदमा संलग्न गराउन आवश्यक देखिन्छ । खेलले सबैको मनोबल बढाउँछ । स्वस्थ बनाउँछ । टीम प्लेयर बनाउँछ । अधिकांश अभिभावकले छोराछोरी बिग्रिन्छ भनेर खेल्न पठाउँदैनौँ ।
तर, बिग्रेको आभाषपश्चात भने बिग्रनु थाल्यो खेलाउनु पर्यो भनेर हार गुहार गरेको देखिन्छ । छोरीछोरीलाई पढाइ, काम र खेलकुदलाई सँगसँगै लानलाई प्रेरणा दिनुपर्छ ।
शारीरिक रुपले स्वस्थ भए मानसिक रुपले पनि बलियो हुन्छ । पढ्नलाई एकचित्त भएर अघि बढ्न पनि सघाउने गर्छ । समाजमा सबै पक्षमा अनुशासित भएर पनि बाँच्न सक्छ ।
मर्यादित रुपमा हरेक पेशामा लागे पनि हार र जित बिचको सहमतिमा विन्दुलाई स्वीकार्ने पनि क्षमताको विकास हुन्छ । आफ्नो छोराछोरीलाई खेल्नुबाट वञ्चित नगरौँ । खेललाई लिएर अगाडि बढ्ने वातावरण सृजना गर्नु म अनुरोध गर्दछु ।
सरकारी पदक सम्मानबाट सम्मानित नेपालमा पदक जित्ने खेलाडीलाई मात्र सम्मान दिने प्रचलन छ । नेपालमा हक्कीमा आफु सम्मानित हुँदा काम गर्नलाई धेरै उत्साहित बनाएको छ ।
यस सम्मानले आफुलाई मात्र नभई अन्य खेलमा संलग्न व्यक्तित्व प्रोत्साहन गर्ने पनि महशुश भएको छ । राज्यको यो सम्मानले खेलकुदमा लाग्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान प्रदान गर्ने आशा पलाएको छ ।