फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री नआएपछि संसदीय समिति बैठकबाट बाहिरिए नेपाल

By खबरहब

June 19, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाए लगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।