मनोरञ्जन

आकाशसँग पूजाको ‘हाँस्ने खेल्ने बेलैमा’ (भिडियो)

By खबरहब

June 19, 2022

काठमाडौँ- गत हप्ता मात्र छायांकन गरिएको पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतमा गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । लभस्टोरी फिल्म ‘सम्झना बिर्सना’को सार्वजनिक गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेको छन् ।

शिव ढकालले खिचेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरूमा फिल्मको छायांकन भएको हो । फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।