अन्तर्राष्ट्रिय

पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित

By खबरहब

June 19, 2022

काठमाडौँ- भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् ।

विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरुमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ ।

विमानचालकले विमानको इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।

उक्त विमानमा विमानमा १८५ यात्रु सवार रहेको जनाइएको छ । घटनामा कुनै पनि मानवीय क्षति भने नभएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।