फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नहुने

By खबरहब

June 19, 2022

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै समझदारी नगर्ने सहमति भएको हो । अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।

प्रधानमन्त्रीले यो सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् । त्यस्तै भ्रमणबारे जानकारी लिन आज प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले आज भ्रमणबारे जानकारी लिन बोलाएकोमा प्रधानमन्त्री देउवा सहभागी भएनन् । सम्बन्ध समितिमा नगएका देउवाले बालुवाटारमा गठबन्धन दलको बैठक बोलाएका हुन् ।

हिजो (शनिबार) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।