बलिउड/हलिउड

इन्टरनेटमा मलाइकालाई चर्चामा ल्याउने तस्बिर 

By खबरहब

June 19, 2022

काठमाडौँ- बलिउड एक्ट्रेस मलाइका अरोरा पछिल्लो समय फिल्मी पर्दामा सक्रिय छैनन् । ‘मुन्नी बद्नाम हुइ’ गीतमा डान्स गरेर मुन्नीको उपनाम समेत पाएकी मलाइकाले आइटम डान्स गर्ने गर्छिन् ।

पछिल्लो समय रियालिटी शोमा व्यस्त भइरहेकी मलाइकालाई पछिल्लो समय उनको प्रेम जीवनले चर्चामा ल्याउने गर्छ । अभिनेता अर्जुन कपूरसँग अफेयरमा रहेकी मलाइका यसैको कारण प्राय चर्चामा आउने गर्छिन् ।

उनले अर्जुनसँग सम्बन्ध नजिक भएपछि अरबाज खानसँग छुटिने निर्णय लिएकी थिइन् । यिनै मलाइकालाई उनको ग्लामर छविले समेत चर्चामा ल्याउने गर्छ । उनको जिम , स्विम , क्लब गर्दाको तस्बिरले दर्शकको ध्यान तान्ने गरेको छ । यिनै मलाइकाले पछिल्लो समय सोसल मिडियामा सेयर गरेको तस्बिरले इन्टरनेटमा चर्चा पाइरहेको छ ।

४८ वर्षिया मलाइकाले फोटो सेयर गर्दै ,’स्विम’ लेखेकी छिन् । उनले तस्बिर सार्वजनिक गरेसँगै उनलाई ग्लामर छविले चर्चामा ल्याएको छ । उनको फिटनेसको चर्चा पनि उत्तिकै हुने गर्छ ।