तस्वीर- पीए

अन्तर्राष्ट्रिय

विश्वभर ३ करोड ६५ लाख बालबालिका विस्थापित : युनिसेफ

By खबरहब

June 19, 2022

काठमाडौँ- द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३ करोड ६५ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो ।

जलवायु र वातावरणीय प्रकोप, रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

ठूलो संख्यामा मानिस विस्थापित हुनुमा अफगानिस्तान जस्तै लामो द्वन्द्वको चपेटामा परेका प्रजातान्त्रिक गणतन्त्र कंगो र यमनजस्ता देशले भोग्नु परेको संकट र जलवायु परिवर्तनको विनाशकारी परिणाम भएको सो निकायले जनाएको छ ।

रिपोर्टअनुसार शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना भएका छन् । त्यस्तै, शरणार्थी किशोर÷किशोरीमध्ये एक चौथाइभन्दा कम माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।