तस्वीर- गेटी इमेज

खेलकुद

केल्भिन रामसे लिभरपुलमा आबद्ध

By खबरहब

June 19, 2022

काठमाडौँ- इङ्गलिश क्लब लिभरपुलले स्कटिश खेलाडी केल्भिन रामसेलाई आबद्ध गरेको छ । स्कटल्याण्डको एबरडिन फुटबल क्लबबाट लिभरपुलले रामसेलाई पाँच वर्षको लागि ४२ लाख पाउन्ड स्टरलिङ्गमा आबद्ध गरेको हो ।

सम्झौतामा भविष्यमा यस रकम २५ लाख पाउन्डले बढ्न सक्ने उल्लेख गरिएको छ । ‘यहाँ आईपुग्दा मलाई मेरो सपना पुरा भएको अनुभुति भएको छ ।’ रामसेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

१८ वर्षीय डिफेन्डर रामसेले आफ्नो यसअघि एबरडिनको लागि खेल्ने सपना भएको भन्दै अहिले विश्वको महान् क्लबहरुमध्ये एकमा जोडिनु आफ्ना लागि ठूलो सफलता भएको जनाएका छन् ।

उनले समर्थकलाई आफ्नो क्षमता देखाउन आतुर भएको समेत टिप्पणी गरेका छन् । गत सिजन रामसेले एबरडिनका लागि ३३ खेल खेलेको थिए । उनको नाममा १ गोल र ९ अस्सिट रहेका छन् ।

गत अप्रिलमा स्कटिश फुटबल लेखक संघले रामसेलाई यङ् प्लेर अफ द यर उपाधिले सम्मान गरेको थियो ।