बलिउड/हलिउड

सलमानपछि करण टार्गेटमा ?

By खबरहब

June 19, 2022

काठमाडौं- केहि दिन अगाडी बलिउड अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको थियो ।

पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो । सलमानले कालो हरिणको शिकार गरेकोमा बिश्नोई समुदाय सलमानसँग रुष्ट रहँदै आएको छ । कालो हरिणलाई बिश्नोई समुदायले भगवान् सरह मान्ने गरेका छन् ।

यही बिश्नोई समुदायले सलमान झैँ बलिउडका निर्माता करण जोहरलाई समेत टार्गेटमा राखेर तथ्य भारतीय मिडिया आएको खबरले सार्वजनिक गरेको छ । उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी सन्तोष जाधव निकट मानिने महाकाल भनिने सिद्देश काम्बलले करणबाट ५ करोड भारु फिरौती माग्दै धम्की दिने योजना बनाएको खुलासा गरेका हुन् । तर प्रहरीले काम्बलको उक्त योजनाबारे पुष्टि भइनसकेको जनाएको छ ।