तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब

By खबरहब

June 19, 2022

काठमाडौं– चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब रहेको पाइएको छ । चीनमा जन्मदर र मृत्युदरबीचको अन्तर अन्यन्त न्यून रहेकाले यसअघिको अनुमानभन्दा चीनमा जनसंख्याको संकट पहिले अनुमान गरिएभन्दा खराब रहेको पाइएको जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएको छ ।

तथ्यांकअनुसार सन् २०२१ मा चीनका १० प्रान्तीय स्तरका क्षेत्रहरुको जनसंख्या घटेको पाइएको छ । चीनमा जन्मदर शून्य दशमलब ७५२ प्रतिशत एवम् मृत्युदर शून्य दशमलब ७१८ प्रतिशत रहेको छ ।

यसअनुसार चीनको प्राकृतिक वृद्धिदर केबल शून्य दशमलब ०३४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा चीनको प्राकृतिक वृद्धिदर शून्य दशमलब १४५ प्रतिशत रहेको निक्के एसियाले उल्लेख गरेको छ ।

सन २०२१ को अन्त्यसम्म चीनको जनसंख्या १ अर्ब ४१ करोड रहेको जनाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार अघिल्लो वर्षको तुलनामा यो संख्या केबल ४ लाख ८० हजारले धेरै हो ।