बलिउड/हलिउड

यशको जोडी पूजा

By खबरहब

June 19, 2022

काठमाडौँ- केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन् । उनको स्टारडम साउथ इन्डियामा मात्र नभइ नर्थमा पनि बढ्यो । केजीएफको च्याप्टर २ ले गरेको विजनेस आफैँमा एउटा रेकर्ड हो ।

उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भए । यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा छन् ।

यद्यपी यशले अर्को प्रोजेक्टको रुपमा केजीएफ भन्दा बाहिरको फिल्म गर्दैछन् । उनले निर्देशक नार्थनसँग काम गर्ने चर्चा छ । यस फिल्ममा यशको अपोजिटमा पूजा हेग्डेले अभिनय गर्नेछिन् ।

पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहेकी छिन् । यद्यपी सफलता हात पाएकी छैनन् । पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम नगरेकी होइनन् । यद्यपी दुबै फिल्म सफल हुन् सकेनन् ।