समाचार

लेबनानमा प्रधानसेनापति प्रभुराम शर्माको व्यस्तता (फोटो फिचर)

By खबरहब

June 19, 2022

काठमाडौँ– लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार लेबनानस्थित शान्ति मिसन युनिफिलको मुख्यालयको भ्रमण गरेका छन् । उनले मुख्यालयमा त्यहाँका ब्रिगेडियर जनरल इग्नासियो आलाजाबा एलोर्जसँग भेटवार्ता गरेका छन् ।

यसअघि उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलमा लेबनानका लागि नेपालका महावाणिज्यदूत अलशेइख गोजायल र लेबनानी सेनाका मेजर जनरल पिएर साबले स्वागत गरेका थिए ।