फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंका : नयाँ राष्ट्रपतिका लागि आज उम्मेदवारी, पछि हटे प्रेमदासा  

By खबरहब

July 19, 2022

काेलम्बाे- श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् ।

उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् ।

उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चार मन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ ।

कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले यो दौडमा अग्रपंक्तिमा रहेको विश्वास गरिएको छ ।