ब्रेकिङ स्टोरी

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

By खबरहब

July 19, 2022

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता चलिरहेको छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।

त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ । डा. भट्टराईलाई भर्खर जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएको छ । डा. भट्टराईले पनि काठमाडौँमा भेला आयोजना गर्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।