बलिउड/हलिउड

जोनको ‘तेहरान’ मा मानुषी 

By खबरहब

July 19, 2022

काठमाडौँ- पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले जोन अब्राहमको को-स्टार बन्ने सहमति दिएकी छिन्। उनी जोनसँग फिल्म ‘तेहरान’ मा देखिने भएकी छिन् । निर्माण टिमले आधिकारिक रुपमा उनलाई सेटमा स्वागत गरेको छ । अक्षय कुमारसँग सम्राट पृथ्वीराज मार्फत बलिउडमा डेब्यु गरेकी मानुषी दोस्रो फिल्मको छायांकनमा जुटेकी हुन् ।

उनले डेब्यु फिल्ममा सफलता भने पाउन सकिनन् । यसैले गर्दा पनि उनले अहिले फटाफट फिल्ममा अभिनय गर्ने रणनीति लिएकी हुन् । अरुण गोपालनको निर्देशनमा तयार भइरहेको फिल्ममा जोनले एक्सन पनि गर्नेछिन् । उनले दोस्रो फिल्ममा फाइटका केही स्टन्ड आफैँले समेत गर्दै छिन् ।

अक्षयसँग बलिउडमा पाइला टेक्दा नचम्किएको मानुषीको करिअरलाई जोनले कहाँ लैजान्छन् ? यो भने हेर्न बाँकी छ ।