फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानमा विवाहका पाहुना बोकेको डुङ्गा सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु

By खबरहब

July 19, 2022

काठमाडौँ- पाकिस्तानमा डुङ्गा डुब्दा २३ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्धु नदीमा विवाहको पाहुना बोकेको डुङ्गा दुर्घटनामा परेको हो ।

एकसय जना भन्दा धेरै विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा अरु २६ जना हराइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए ।

गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।