तस्बिर स्रोत : सुर्य किरणको फेसबुकबाट

ब्रेकिङ स्टोरी

विचार मिल्नेसँग एकता गर्ने पाँच नेताको निष्कर्ष

By खबरहब

July 19, 2022

काठमाडौँ– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको बैठक सकिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष  माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी बैठकले विचार मिल्नेहरूसँग एकता गरेर अघि जाने निर्णय गरेको छ । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले पछिल्लो समय गरेको निर्णयबारे छलफल भएको बैठक पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको उनले जानकारी दिए । 

‘गठबन्धनलाई निरन्तर दिने र स्थानीय चुनावको परिणामलाई पनि हेरेर कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो’ प्रचण्डले भने । उनले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरू एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए ।