देश/प्रदेश

बैतडी कारागारका १६ कैदीबन्दीमा कोरोना, व्यवस्थापनमा कठिनाइ

By खबरहब

August 19, 2022

बैतडी- उच्च ज्वरो र रुगाखोकीको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधवार ४ जनाको पिसिआएर परीक्षण गर्दा कोरोना पुष्टि भए पछि बिहीबार सबै कैदीबन्दी बन्दीको परीक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोरोना पुष्टि भएको जेलर धारा भण्डारीले जानकारी दिए ।

उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन्, जसका कारण कोरोना संक्रमितलाई अलग्गै व्यवस्थापन गर्न सकस भइरहेको छ।