माओवादी पार्टी कार्यालय । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

माओवादीले टुंग्याएन पदाधिकारी चयन

By खबरहब

August 19, 2022

काठमाडौँ- माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रूप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रूपले छलफल गर्‍यौँ,’ महराले भने।

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए ।

भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न कार्यक्रममा सहभागी हुन नेताहरू जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए ।