फाइल फोटो

ब्रेकिङ स्टोरी

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : ओली

By खबरहब

August 19, 2022

झापा- एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबै खाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् ।

गृह नगर दमकमा  शुक्रबार स्वतन्त्र मजदुर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।

नेताहरूको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरू पराजित हुने जिकिर गरे ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।

जनताले भ्रष्ट नेताहरूको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहोर्‍याए ।