देश/प्रदेश

नेपाल आर्ट व्यवसायी संघको महोत्तरी कार्यसमिति गठन

By खबरहब

August 19, 2022

महोत्तरी- आर्ट व्यवसायीको साझा संगठन नेपाल आर्ट व्यवसायी संघले महोत्तरीमा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

आज आर्ट र छपाइ सम्बन्धी व्यवसाय गर्नेहरूको हकहितको लागि  काम गर्ने संघले महोत्तरीमा केदार कार्कीको नेतृत्वमा ११ सदस्य गठन गरेको हो ।

लामो समयदेखि छपाइ र आर्ट सम्बन्धि कार्य गर्दै आएका कार्कीको नेतृत्वले व्यवसाय र बजार अझ फराकिलो हुने विश्वास लिइएको छ ।

निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रुदल कुमार महतो, सचिवमा अजय कुमार महतो, स-सचिवमा खगेन्द्र रातामगर, कोषाध्यक्षमा तेज बहादुर पुलामी र सदस्यहरूमा राजु नेपाली, हेम बहादुर आलेमगर,रामबाबु महतो र अमित सिंह छन् ।

सबैको मागअनुसार नै सर्वसम्मतिमा कार्कीलाई निर्वाचित गर्दै नेपाल कमर्सियल आर्टिस्ट संघ महोत्तरी गठन भएको नेपाल कमर्सियल आर्टिस्ट संघले जनाएको छ । जिल्लामा अहिले झन्डै १५० भन्दा बढी आर्ट व्यवसायीहरू छन् ।