फाइल फोटो

राजनीति

सत्ता गठबन्धनको बैठक जारी

By खबरहब

August 19, 2022

काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रेस संयोजक गोविन्द परियारले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा राजनीतिक एवं समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँडको विषयमा छलफल हुँदै आएको छ ।