प्रतिकात्मक तस्वीर- न्यू योर्क टाइम्स

अन्तर्राष्ट्रिय

‘पाकिस्तानमा महिला सञ्चारकर्मी हिंसा र सेन्सरसिपको जोखिममा’

By खबरहब

August 19, 2022

काठमाडौँ– पाकिस्तानमा महिला सञ्चारकर्मीहरु आक्रमण र सेन्सरसिपको बढ्दो जोखिममा रहेको त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

खासगरी अनलाइन सञ्चारमाध्यममा काम गर्ने महिला पत्रकारहरु यस्तो जोखिममा रहेको आयोगले जनाएको छ ।

पाकिस्तानबाट प्रसारण हुने जियो टेलिभिजनका अनुसार पाकिस्तानी मानव अधिकार आयोगकी अध्यक्ष राबिया जावेरी आगाले पाकिस्तानी अनलाइन संसारमा महिला पत्रकारहरु अनलाइन हिंसाको शिकार भइरहेको बताइन् ।

पाकिस्तान प्रायः प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताको हिसाबमा निकै खराब मुलुकको सूचीमा आउँछ ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था रिपोटर्स विदाउट बोर्डर्सले सन् २०२१ का लागि सार्वजनिक गरेको सूचकांकमा पाकिस्तान १८० मुलुकमध्ये १४५ औँ स्थानमा रहेको छ ।

फ्रिडम नेटवर्क नामक संस्थाका अनुसार सन् २०१३ देखि सन् २०१९ सम्म पाकिस्तानमा ३३ पत्रकार आफ्नो काम गरेकै आधारमा मारिएका थिए ।