अन्तर्राष्ट्रिय

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

By खबरहब

August 19, 2022

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ ।

चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली दस्तावेजहरु तयार पारिएका थिए । बंगलादेशी आयातकर्ताले पोलिस्टरको धागो भन्दै रक्सी बंगलादेशतर्फ ल्याएको बताइएको छ ।

बंगलादेश लाइभ नामक समाचार संस्थाका अनुसार ती रक्सी पाँचवटा कन्टेनरमार्फत् बंगलादेश ल्याइएको र यसबाट बंगलादेश सरकारलाई ६० देखि ७० करोड टका हानी भएको दाबी गरिएको छ ।

यसअघि पनि चीनबाट बंगलादेशतर्फ ठूलो परिमाणमा सामानहरु तस्करी हुने गरेको बताइन्छ ।