तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पुटिन र सी जी २० शिखर सम्मेलनमा सहभागी हुने

By खबरहब

August 19, 2022

काठमाडौँ- रुसी राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको जी २० को शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने पुष्टि गरेका हुन् ।

विडोडोले ब्लुमबर्गसँग भने “सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ ।”

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले युक्रेनमा एकतर्फी रूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए ।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान बिषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो । चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा तनाव चलिरहेको छ ।