प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

माछा मार्ने क्रममा एक जनाको मृत्यु

By खबरहब

August 19, 2022

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेन्द्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।

राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो । मृतक राईको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।