फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा २०२२ को प्रारम्भीक छ महिनामा सुरक्षाकर्मी लक्षित ४३४ आक्रमण, ३२३ को मृत्यु

By खबरहब

August 19, 2022

काठमाडौँ– यस वर्षको पहिलो ६ महिनामा पाकिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी ४३४ वटा हिंसात्मक आक्रमण भएका छन् । सन् २०२२ को प्रारम्भीक ६ महिनामा पाकिस्तानमा भएका आक्रमणबाट ३२३ सुरक्षाकर्मीको मृत्यु भएको छ भने अरु ७ सयभन्दा धेरै घाइते भएका छन् ।

पाकिस्तानको गृह मन्त्रालयले संसद्‍मा प्रस्तुत गरेको तथ्यांकमासुरक्षाको अवस्था नाजुक रहेको पाइएको पाकिस्तानका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै आक्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएका छन् । सो प्रान्तमा सुरक्षा बललाई लक्षित गरी २४७ वटा आक्रमण भएको जनाइएको छ ।

त्यसैगरी बलोचिस्तान प्रान्तमा १७१ यस्ता आक्रमण भएका छन् भने सिन्ध प्रान्तमा सुरक्षाकर्मीलाई लक्षित गरी १२ वटा आक्रमणका घटना भएका छन् ।

मुलुकमा आतंकवाद र साम्प्रदायिक हिंसाको उच्च जोखिम रहेको समेत संसद्मा प्रस्तुत आन्तरिक मामिला मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।