देश/प्रदेश

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

By खबरहब

August 19, 2022

धनगढी– कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो ।

सोही ठाउँस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।