देश/प्रदेश

बञ्चरेडाँडा थप २८७ गाडी फोहोर विसर्जन

By खबरहब

August 19, 2022

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । दुई महिनादेखि अवरोध हुँदै आएको फोहोर व्यवस्थापनमा केही सहज भएसँगै शुक्रबार २ सय ८७ वटा फोहोरका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए।

उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताए । काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत रहेको उनको भनाइ छ ।

यस्तै, अवरोध नभए र पानीका कारण बाटो बन्द नभएमा काठमाडौं उपत्यकामा भएको फोहोर व्यवस्थापन गर्न अझै १० दिन लाग्ने प्रमुख शाहको सचिवालयले जनाएको छ। अहिले उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहोर छन्।