तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

जापानमा आँधी : २ जनाको मृत्यु, ७० जना घाइते

By खबरहब

September 19, 2022

काठमाडौँ- जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु टापुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रतिघण्टाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान निकायले बताएको छ ।

यस आँधीको कारण मङ्गलबार होन्सु टापुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकायले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि लागू हुने गरी बाढीको चेतावनी जारी गरेको छ ।

लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ ।