राजनीति

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची 

By खबरहब

September 19, 2022

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

नेमकिपा नेता प्रेम सुवालले सोमबार अपराह्न आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।