फाइल फोटो

शिक्षा

मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

By खबरहब

September 19, 2022

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमपछि मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको विकास नहुने बताए ।

उनले देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको जिकिर गरे। मन्त्री श्रेष्ठले नेपालको संस्कृति र सम्पदाहरूबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने धारणा पनि राखे।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको अवधारण पत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाए।